सुनको मुल्य आज १७ सयले घट्यो

गुगलपाटी संवाददाता
६ आश्विन २०७७ ०६:४७

सुनको मूल्य एक महिनायताकै सबैभन्दा सस्तो बनेको छ । मंगलबार एकैदिन १७ रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । सोमबार ९६ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार १७ सय रुपैयाँ कम अर्थात ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य ९० रुपैयाँले घटेर १२३० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन १३२० मा कारोबार भइरहेको थियो ।