आजको मौसम कस्तो छ ?

गुगलपाटी संवाददाता
१२ आश्विन २०७७ ०७:११

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

 असोज १२ गते सोमबार

दिउँसो:  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।