नेपालमा १५ सय ५९ जना कोरोना संक्रमित थपिए, २४ घन्टामा १ हजार ५७ डिस्चार्ज
गुगलपाटी संवाददाता
नेपालमा बुधबार १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको प्रवक्ता गौतमले बताए ।
२४ घन्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण भएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५७ जना घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।