कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

गुगलपाटी संवाददाता
१४ आश्विन २०७७ ११:२८

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ सय ९८ पुगेको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ महिला र १ पुरुष, सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीमा १र१ पुरुषको मृत्यु भएको छ ।

संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशत शून्य दशमलव ६५ प्रतिशत रहेको छ । नेपालमा बुधबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । जसमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किसकेका छन् ।
स्रोतः कान्तिपुर