काठमाडौंका २ सहित ८ जनाको कोरोना संक्रमणबाट मृत्यु
गुगलपाटी संवाददातापछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा सुनसरी र चितवनका २८ र ७६ वर्षीया २ महिला रहेका छन् भने ललितपुरका ६७, काठमाडौंका ८३ र ६८, सिन्धुपाल्चोकका ४१, दोलखाका ६५ र कैलालीका ७९ वर्षिय पुरुष रहेका छन्। हालसम्म देशभर कुल ५ सय २८ जनाको कोरोनाबाट मृत्यु भएका छन्।