बागमती प्रदेशमा कोरोना संक्रमित ३३ हजार ७९६ जना, १९ हजार ६५६ जना डिस्चार्ज

गुगलपाटी संवाददाता
१८ आश्विन २०७७ ०४:३६

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या दिनहुँ बढ्दै गएको छ । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३३ हजार ७ सय ९६ जना पुगेको छ । संक्रमित मध्यमा २ सय ३ जनाको मृत्यु भएको छ ।

हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार २ सय ९९ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा १९ हजार ६ सय ५६ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।