हेटौंडामा पशुपन्छि दिवशमा अन्तरक्रिया
गुगलपाटी संवाददाताअक्टोबर ४ तारिख अर्थात आज विश्व पशुपन्छी दिवस । विश्व पशुपन्छी दिवसको अवसरमा आज बागमती प्रदेशको राजधानी हेटौंडामा अन्तरक्रिया सम्पन्न भएको छ । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयको निमित्त निर्देशक डा। रामप्रसाद प्रधानको सभाध्यक्षतामा भएको अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको आयोजनमा हेटौंडामा पशु अधिकार, पशुपन्छीको संरक्षण तथा जनवारसँग मानविय दायित्व र सम्बन्धको बारेमा छलफल भएको हो । अन्तरक्रियामा प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशको निर्देशक डा।शरण कुमार पाण्डे, उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य राजकुमार न्यौपाने लगाएत पशुपन्छीसँग सम्बन्धित संघसंस्थाको प्रतिनिधीको उपस्थिति रहेको थियो । “पशुपन्छीको उचित सम्मान, मानव सभ्यताको पहिचान” भन्ने नाराका साथ आज विश्वभर पशुपन्छी दिवस मनाइदै छ ।