मकवानपुरमा कोरोना संक्रमितको सख्या १५ सय नाघ्यो
गुगलपाटी संवाददातामकवानपुर जिल्लामा १० हजार ४ सय ५८ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा एक हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित कमै मात्र देखिन थालेका छन् ।
मकवानपुरमा हिजो एकै दिन भने कोरोना संक्रमित २२ जनामा कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । कुनैपनि क्षेत्रका व्यक्तिमा कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ ।
पछील्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या १५ सय १६ जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।
पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रका बिभीन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।