कुल संक्रमितको ४१ प्रतिशत बागमती प्रदेशमा, कोरोना लागेका ५७ प्रतिशत डिस्चार्ज
गुगलपाटी संवाददाताबागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४० दशमलब ९१ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३५ हजार ५ सय १५ जना पुगेको छ । संक्रमित मध्यमा २ सय ७ जनाको मृत्यु भएको छ ।
हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार ७ सय १९ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।
देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।
यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ५७ दशमलब ७ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् । प्रदेशमा २० हजार ४ सय ९३ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।
नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।