हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि
गुगलपाटी संवाददाताहेटौंडाका थप ३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा हेटौंडाका विभिन्न वडामा गरी थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा–९ की २९ वर्षीया, हेटौंडा–१० की ४० वर्षीया दुई महिला र हेटौंडा–१९ का ५० वर्षीय एक पुरुष गरी ३ जना रहेका छन् ।
उक्त प्रयोगशालामा आइतबार १८७ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएको थियो । जसमा हेटौंडाका ३ जनामा कोरोना पुष्टि भएको हो ।