नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थपिए १ हजार ५५१ कोरोना संक्रमित

गुगलपाटी संवाददाता
२० आश्विन २०७७ १२:००

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४ संक्रमितको संख्या पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ ।

२४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ३४० रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२१ जना रहेका छन् ।