मकवानपुरको बागमती गाउँपालिकामा ३ कर्मचारी सहित ७ जनामा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
२१ आश्विन २०७७ ०८:५७

मकवानपुरको पूर्वी क्षेत्र स्थित बागमती गाउँपालिकामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गएको १८ असोज संकलन गरिएको स्वाबमा गाउँपालिकामा कार्यरत ३ जना कर्मचारी सहित थप ७ जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेश गुप्ताले खबरब्रेकलाई बताए ।

उनका अनुसार पुष्टि हुनेमा ५ जना पुरुष र २ जना महिला रहेका छन् । पुष्टि हुने कर्मचारीमा २१,२२,२४ वर्षीय पुरुष रहेका छन् । यसैगरि पुष्टि हुने महिलामा वडा नंबर ६ की ४८ वर्षीया र ३१ वषीया रहेकी छन् । यसैगरि पुष्टि हुने पुरुषमा वडा नंबर ६ का १३ वषीय बालक र वडा नंबर ५ का ३१ वषीय पुरुष गरी ७ जना रहेका छन् ।

स्वास्य संयोजक गुप्ताका अनुसार पष्टि भएका कर्मचारीहरु हेटौंडाको गौरीटार आईसोलेसनमा उपचाररत रहेका छन् भने बाँकी होम आईसोलेसनमा उपचाररत रहेका छन् ।

यो संगै बागमतीमा संक्रमण पुष्टि हुनेको संख्या ११ पुगेको छ । जसमा हालसम्म ४ जना संक्रमण मुक्त भईसकेको र ७ जना उपचाररत रहेको स्वास्थ्य संयोजक गुप्ताले बताए ।

यसैबिच गाउँपालिकाले आफ्नो गाउँपालिकामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएसंगै अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको छ । कर्मचारीमा संक्रमण पुष्टि भए संगै गाउँपालिकाले मंगलबारबाट बिहिबार सम्मको लागि अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।