बागमती प्रदेशमा ४ सय ३५ आइसीयु र १ सय ९८ भेन्टिलेटर तयारी अवस्थामा

गुगलपाटी संवाददाता
२१ आश्विन २०७७ ०९:१३

कुमारी स्याङ्बो
हेटौंडाः कोभिड १९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीहरुको व्यवस्थित उपचारका लागि बागमती प्रदेश सरकारले आठ वटा ठुला अस्पतालहरुमा आइसीयु र भेन्टिलेटरको व्यवस्थापन गरेका छन् । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भिर बिरामीको प्रक्षेपण गरेर प्रदेश भरिका विभिन्न जिल्लामा गरि हालसम्म ४ सय ३५ वटा आइसीयु बेड र १ सय ९८ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको छ ।

जसअनुसार काठमाडौंमा १ सय २० वटा आइसीयु बेड र ६० वटा भेन्टिलेटर, ललितपुरमा १ सय २ वटा आइसीयु र ६८ वटा भेन्टिलेटर, भक्तपुरमा २० वटा आइसीयु र १२ वटा भेन्टिलेटर, चितवनमा १ सय ७६ आइसीयु र ४९ भेन्टिलेटर, सिन्धुलीमा २ वटा आइसीयु र ३ वटा भेन्टिलेटर , काभ्रेपलान्चोकमा १५ वटा आइसीयु र ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको जनस्वास्था मन्त्रलायका प्रवक्त पुरुषोत्तम सेढाईले बताए ।

बागमती प्रदेशमा कोरोना संक्रमितको खोजी र फलोअपको लागि १ सय ७८ वटा टोलीले कार्य गरिरहेको छ । प्रत्येक टोलीमा ३ जना तालिक प्राप्त स्वास्थ्यर्मीहरु रहेका छन् । जसअनुसार काठमाण्डौंमा ३२, काभ्रेपलान्चोकमा १९, धादिङ्मा १६, चितवनमा १५, सिन्धुपाल्चोकमा १४, ललितपुरमा १३, मकवानपुरमा १३, नुवाकोटमा १२, दोलखामा ११, सिन्धुलीमा ९, भक्तपुरमा ८ वटा, रामेछापमा ८ वटा, रसुवामा ५ र प्रदेश निर्देशनालयमा ३ वटा टोलीले कार्य गरिरहेको सेढाईको भनाई छ ।

सेढाईका अनुसार, प्रदेशमा मृत्यु भएका कोभिड १९ संक्रमितमध्ये ६० वर्षभन्दा माथिका उमेर समुहमा मृत्युको अनुपात कुल मृत्युको करिब ६१ प्रतिशत देखिन्छ । ६० वर्षभन्दा माथिका उमेर समुहका मृत्युदर बढि भएकाले जेष्ठ नागरिकहरुलाई कोभिड १९ बाट सुरक्षित राख्नको लागि विशेष सावधानी अपनाउनुपर्ने देखिएको उनले भने ।
बागमती प्रदेशमा पुरुषहरुमा महिलाको बढि संक्रमण देखिएको छ । २१ वर्ष देखि ५० वर्ष समुहका व्यक्तिहरुमा कयेभिड १९ कये संक्रमण बढि देखिएको छ । हालका दिनहरुमा ६० वर्षभन्दा बढी उमेरमा पनि संक्रमणको दर बढ्ने क्रम देखिएको मन्त्रालयले जनाइएको छ ।
हालका तथ्याङ्कमा यस प्रदेशमा देशको कुल संक्रमणको करिब ४२ प्रतिशत रहेको छ । मृत्युको अनुपात यस प्रदेशमा तुलनात्मक रुपमा कम रहेको छ र मृत्यु हुनेमा बढ्दो उमेर र अन्य जिर्ण रोगहरुको सहरुग्णता बढि देखिएको छ । पछिल्ला दिनमा संक्रमितको संख्या तीव्र रुपमा बढी रहेको हुनाले हाल उपचारत बिरामीको संख्या देशको तुलनामा बढि देखिएको प्रवक्त सेढाईको भनाई छ ।
बागमती प्रदेशमा ८ हजार १ सय ६९ वटा क्वारेन्टाइन बेड व्यवस्थापन गरिएकोमा हाल ४ सय ४२ जना बसिरहेको छ भने १४ सय ३० जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेशमा हाल ३२ सय ६१ वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको छ । जसमा अहिले ३६ सय ४४ होम आइसोलेसनमा बसिरहेका छन् ।