स्पोर्टस एकेडेमिको अध्यक्षमा रुम्बा
गुगलपाटी संवाददाताहेटौंडा ÷हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मा वुधवार गरेको भेलाले मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्ष पदमा सुरेश रुम्बा सर्वसम्मतले चयन भएका छन । उनको नेतृत्वमा २७ समिति गठन गरिएको छ ।
कार्यसमितीो सचिवमा सिद्धान्त सापकोटा , कोषाध्यक्षमा निशा गुरुङ् रहेका छन । कार्य समितीको सदस्यहरु रामशरण मोक्तान , सागर मोक्तान , वेगराज वाईवा , दिपक सिं गोङ्बा , अजय गोले , महेन्द्र गोङ्बा , केदार थिङ् , मनिष घलान , सुजन कार्की , जितेन्द्र बोलखे , अजय सिन्तान , सन्दिप गोले , अन्जित भ्लोन , राजकुमार लामा , सोम बहादुर भ्लोन , निमा थिङ् , सन्देश पुलामी , रोशन मोक्तान , उमेश थोकर रहेका छन । सल्लाहकारहरु रामलाल लामा , तिर्थ भ्लोन , मोहन सिं मुक्तान , श्याम कुमार भ्लोन , राजु चौलागाई छानिएका छन ।
मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुर वडा भेलामा मदन भण्डारी स्पोर्टस एकेडेमी उपमहानगर कमिटी अध्यक्ष सविन लामाको सभाध्यक्षमा भएको कार्यक्रममा जिल्ला समन्यव समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गठन भएको समितिलाई बधाई दिदै प्रमुख खुलालले मदन भण्डारीसँग जोडिएको सस्था संग आवद्ध भएर काम गर्दा त्यसको बारेमा जान्न जरुरी भएको बताए । खेल कसैको निजि नहुने र खेलले नै देशले चिनाउने हुदा मदन भण्डारीमार्फत विभिन्न क्षेत्रमा बढ्ने काम खेललै नै गर्ने हुदा वडामा गठन भएको र अवको पुस्ताले देशको लागि गोरेटो कोर्नु पर्ने उनले बताए । युवाले नै समाजको परिवर्तन गर्ने भएको हुदा अबको समितिले त्यस्को प्रतिफल केही समयमा नै देख्न पाईयोस भनी आशा ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रमका विशिष्ठ अथिति एवं हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नविन सिग्देलले अहिले तिनै तहको सरकार मिलेर काम गरिरहेको उनले बताए । खेलकुदले खेल क्षेत्रमा मात्र नभई पर्यटकको रुपमा पनि स्थापना गर्न उनले आग्रह गरेका थिए ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका १४ का वडा अध्यक्ष दिपक खड्काले कमिटिमा कुनै पनि विवाद नगरीकन समाजमा योगदान गर्नको लागि समिति गठन गरेको उनले जानकारी दिएका थिए । उनले वडामा केही गठन गरिदा कहिल्यै विवाद नगरी अगाडि बढिरहेको पनि उनले जानकारी दिए । यो समिति गठन भईसकेपछि उच्च मुल्यांकन गरी अगाडि बढ्ने र १४ नंम्वर वडाको शान हुने उनले बताए ।
कार्यक्रममा समितिका अध्यक्ष शुरेस रुम्वाले युवाहरु लागु दुव्र्यवसनमा लागि परेको हुनाले अवका दिनमा युवाहरुलाई सही कार्यमा अगाडि बढाएर लाने उनले प्रतिबद्धता व्यक्त गरेका थिए । रुम्वाले आफु समाजको खेल क्षेत्रमा मात्र नभई सवै कार्यमा संलगन हुने उनले बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा , नेकपा सदस्य टिकाराम घिसिङ् , नगरकार्यपालिका सदस्य रत्नलाल वि . क. , वडा १४ सदस्य चन्द्र बहादुर स्याङ्तान , वडा सदस्य चमेली सिन्जाली मगर लागयत अतिथिहरुको उपस्थिति रहेको थियो ।