लागुऔषध सहित हेटौंडाका एकजना पक्राउ
गुगलपाटी संवाददातापर्साबाट लागूऔषधसहित प्रहरीले हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बेलुका ७५ थान नाइट्रोभेट ट्याव्लेट र ४६ बोतल कोरेक्ससहित हेटौंडाका एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानरपालिका वडा नम्बर ९ का २० वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बिरगंज–१७ अलौमा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ६५०९ नम्बरको मोटरसाइकल जाँच गर्दा थापाको साथबाट उक्त परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।