मकवानपुरमा कोरोना संक्रमितको सख्या १७ सय ३० जना पुग्यो
गुगलपाटी संवाददातामकवानपुर जिल्लामा ११ हजार ३ सय ५२ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा एक हजार ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने बढ्दै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित निकै बढ्दै गएका छन् । पछील्लो साता हेटौंडामा भीड वढेसंगै संक्रमितको सख्या पनि वढेको छ ।
बिशेषगरी हेटौंडाको बजार क्षेत्रमा गाउँगाउँबाट आउने र दैनिक कामको शिलसिलामा आहोर दोहोर गर्ने संगै संक्रमण दर पनि वढेकाले स्वास्थ्य सामाग्रीको प्रयोग गर्दै भौतिक दुरी कायम गरेर काम गर्न हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभएको छ ।
मकवानपुरमा हिजो एकै दिन भने कोरोना संक्रमित १ सय ५ जनामा कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । कुनैपनि क्षेत्रका व्यक्तिमा कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ ।
पछील्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या १७ सय ३० जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।
पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रका बिभीन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।