कोरोना संक्रमणका कारण मकवानपुरका थप एकजनाको मृत्यु

गुगलपाटी संवाददाता
२४ आश्विन २०७७ १२:००

कोरोना भाइरस संक्रमणको कारण मकवानपुरका थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरण अनुसार मकवपानपुरका ७७ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ ।

यसैगरी आज देशभर १४ जनाको कारोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा २ जना महिला र १२ जना पुरुष रहेका छन् ।