मानव बेचविखन सम्बन्धि मकवानपुरमा २ वर्षमा १ वटा मुद्धा दर्ता

गुगलपाटी संवाददाता
२ कार्तिक २०७७ ०३:२२

कुमारी स्याङ्बो
हेटौंडाः मकवानपुरमा बर्सेनी मानव बेचविखन बढिरहेको छ । मानव बेचविखन तथा ओसारपसार एक बहुआयमिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्या हो । यसलाई जघन्य अपराधको रुपमा लिइन्छ र नेपाल पनि समस्याबाट अछुतो छैन । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उदेश्यले प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई महिलाहरुको इच्छा विपरीत जवरजस्ती गरि शोषण गर्ने त धेरै छन् ।
मकवानपुरको हेटौंडा, विरगंज हँदै मानव तस्करले छिमेकी भारत सगैं मुलुक लैजाने गरेका छन् । यस्ता अपराधिक क्रियाकलाप रोक्न प्रहरी, एन्जिओ आइएनजिओ छरपष्ट देखिए पनि चेलीबेटी बेचिने क्रम भने बढेर गएको छ । हेटौंडा बसपार्कमा संघ संस्थाले कर्मचारीमार्फत निगरानी बढाएको छ । प्रहरी वा संस्थाका कर्मचारी सादा पोसाकमा खटिए पनि मानव बेचविखन रोक्ने जालो तोड्न सफल भएको छैन ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयको २ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने मानव बेचविखन विरुद्ध १ वटा मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा १ ओटा मुद्दा दर्ता भएको छ । चालु आर्थिक वर्ष ०७७÷७८ मा भने मुद्धा दर्ता नभएको मकवानपुर जिल्लाका प्रहरी प्रवक्ता (डियसपी) इन्द्र बहादुर रानाले बताए ।
विस २२६८ भदौबाट हेटौंडामा महिला तथा बालबालिका बेचविखन विरुद्धको अभियान सुरु गरेको छ । साना हातहरु नेपाल मकवानपुर शाखा नामक संस्थाले महिला तथा बालकालिकाहरुको निगरानी गरि उद्धार गर्दछ । एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने क्रममा विभिन्न जोखिम नहोस भन्ने उेद्देश्य रहेको साना हातहरु नेपाल मकवानपुर शाखाका स्टेसन म्यानेजर डिकम्बर रुपाचाले बताए । जोखिममा परेकाहरुलाई उक्त संस्थाले छोटो समयका लागि भए हेटौंडामा रहेको माइती नेपाल, संरक्षण गृहमा राख्ने गर्दछ भने लामो समयको लागि काठमाडौं, विरगंज,र चितवनमा रहेको संरक्षण गृहमा राख्ने गरेको रुपाचाले बताए ।
घर छोडेर हिडेको, जागिरको प्रलोभनमा परेको, आर्थिक समस्याको कारण, गरिबी, अशिक्षित र बेरोजगारको कारण मकवानपुरका महिलाहरु जोखिममा परेको रुपाचाले बताए । फेसबुक टुइटर इमो इत्यादीमा कुराकानी गरि छोटो समयमा नै भेटघाट हुने भएकाले पनि महिलाहरुमा यस्तो समस्या बढि भएको देखिन्छ । त्यस्तै बालबालिकाहरुमा सडकमा मागेर हिड्ने, होटलमा नोकरी गर्ने कार्य त धेरै छन् ।
आर्थिक वर्ष ०७६÷०७७ मा साना हातहरु नेपाल मकवानपुर शाखाबाट २ जना महिला र १५ जना बालबालिकाको उद्धार गरेको छ । भदौमा १ जना महिलाको उद्धार गरेको छ भने ४ जना बालिबालिकाको उद्धार गरेको छ । असोजमा १ जना बालबालिका, कात्र्तिकमा २ जना बालबालिका, पुषमा ५ जना बालबालिका, माघमा १ जना महिला र २ जना बालबालिकाको उद्धार गरेको संस्थाले जनाइएको छ । फाल्गुनमा १ जना बालकालिकाको उद्धार गरेको छ ।
संस्थाका कर्मचारीहरु २ जनालाई कोरोना पुष्टि भएसगैं संस्था बन्दा गरेकाले जोखिममा परेकोहरुको उद्धार गर्न नपाइएको उनले बताए । त्यस्तै चालु आर्थिक वर्ष ०७७÷०७८ मा ५ महिला, १ बालबालिका र १ पुरुषको उद्धार गरेको छ । जसमा साउनमा १ जना महिला र एकजना बालकालिका रहेको छ । हालसम्म असोज महिनामा ४ महिला र १ पुरुषको उद्धार गरेको रुपाचाले जिकिर गरे ।