हेटौंडाको आयुर्वेद औषधालयमा जडिबुटिको औषधी प्रयोग गर्नेको संख्या बढ्दो

गुगलपाटी संवाददाता
२ कार्तिक २०७७ ०३:३५

हेटौंडाः मकवानपुरमा कोरोना त्रास बढे पनि आयुर्वेद औषधालयमा बिरामीहरुको कमि भने छैन । कोरोना महामारी सुरु हुनुअघि आयुर्वेद औषालय हेटौडामा विरामीहरुको चाप थिएन । फाट्टफुुट्ट विरामीहरु आउथे । तर कोरोना संक्रमण फैलिएसंगै औषधालयमा प्रतिकार्यका लागि जडिबुटिको औषधि प्रयोग गर्नेको संख्या बढेको छ ।
रोग प्रतिरोधात्मक क्षमता अविबृद्धिको लागि उपयोगी हुने भएकाले आयुर्वेदिक औषधि र उपचार पद्धतिमा नागरिकको भरोसा बढ्न थालेको छ । कोरोनाको औषधिक नभएकै कारणले पनि प्रतिरक्षा बढाउनका लागि जडिबुटि र आयुर्बेदिक औषधिको प्रयोग बढेको हो । कोरोनाबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि लिन आउने सेवाग्राहीको चाप औषधालयमा दैनिक बढ्दै गएको छ ।
हेटौडा उपमहानगरपालिका—२ स्थित हेटौंडा आयुर्वेद औषधालयमा चालु आवको साउन देखि असोज १५ गते सम्म १९ सय १८ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
गत आव २०७५÷०७६ मा ७ हजार ७ सय ८० जनालेमात्र सेवा लिएका थिए र २०७६÷७७ मा ८ हजारले सेवा लिएको आयुर्वेद ओषधालयका सुचना अधिकारी बैकुण्ठ आचार्यले बताए । कोरोनाको संक्रमण फैलिएपछि समाजका अगुवाहरुनै आयुर्वेद औषधालयमा औषधी लिन आउने गरेको वताए ।
कारोना संक्रमणको समयमा यँहा आउनेको संख्या हात्तै बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको लागि पनि आयुर्वेद औषधालयले औषधि वितरण गरेको छ । आयुर्वेद विभागको विज्ञहरुले प्रोटोकल पठाए अनुसार काम गरिरहेको आचार्यले जानकारी दिए । आयुर्वेद औषधालयले क्वारेन्टिन र आईसोलेसनमा बसेकाहरुलाई के कति छन् सबैको डाटा लिएर परामर्श दिने र योगा सिकाउने गरेको आचार्यले बताए ।
क्वारेन्टिनमा बसेका शंकास्पद बिरामीहरुलाई असोगन्धा चुर्ण , गुजे चि चुर्ण ,एस्टी मधु चुर्ण , चिथो पलाजी चुर्ण दिई डिस्चार्ज भएर जानेहरुलाई फलोअप गएर औषधी थप्ने र डिस्चार्ज भईसकेपछि पनि औषधि लिन लगाउने गरेको आचार्यले जानकारी दिए ।
विरामीको चाप वढदै गएकाले माथिवाट पठाएको औषधीले पुग्दैन । विरामीको चाप बढेको हुदा प्रदेशसंग वजेटको माग गरेको वताएका छन् ।
औषधीको अभावमा कहिले काँही विरामीलाई औषधी दिन सकिदैन । यही नै बनाएर पनि दिने गरेको वताए । आयुर्वेद औषधालयमा नवजात शिशुदेखि ९५ वर्ष सम्मका वृद्धवृद्धाहरु उपचारको निम्ति आउने गरेका छन् । औषधालयमा दैनिक ५० देखि ६० जना सम्म बिरामी आउने गरेका डाक्टर सृष्टि श्रेष्ठले बताईन् । विरामी धेरै आउने हुँदा औषधिको जोहो गर्नु पर्ने देखिएको उनले बताए । आयुर्वेद औषधालयले जेष्ठ नागरिक सेवा , स्तनपाई सेवा , गाउँघर क्लिनिक , धामी झाक्री कार्यक्रम , टफिक प्रहरीलाई उत्पन्न हुने स्वास्थ्य समस्या निराकरण कार्यक्रमहरु गरेको सुचना अधिकारी बैकुण्ठ आचार्यले बताए । औषधालयमा थप फिजियो थेरापी , प्रयोगशाला सेवा , पंञ्चकर्म अन्तर्गत पर्वकर्म सेवा , सिरोधारा सेवा रहेको जानकारी गराए । आयुर्वेद औषधालयमा पायल्स र फिस्टोला सेवा पनि छिटै सुरु हुने भएको औषधालयले जनाएको छ ।
हाल ३ ठाँउका क्वारेनटिनमा रहेको मानिसहरुलाई परामर्श दिइसकेको र अब मनहरीमा रहेको क्वारेन्टिनमा परामर्श गराउन चाँडै जाने पनि उनले जानकारी दिए ।
क्वारेन्टिनमा बसेका शंकास्पद बिरामीहरुलाई असोगन्धा चुर्ण , गुजे चि चुर्ण ,एस्टी मधु चुर्ण , चिथो पलाजी चुर्ण दिई डिस्चार्ज भएर जानेहरुलाई फलोअप गएर औषधी थप्ने र डिस्चार्ज भईसकेपछि पनि औषधि लिन लगाउने गरेको आचार्यले जानकारी दिए । हाल सेवाग्राही बढेकाले औषधालयले २ सिफट गरेर सेवा दिइरहेको छ । विरामीको चाप वढदै गएकाले माथिवाट पठाएको औषधीले पुग्दैन । विरामीको चाप बढेको हुदा प्रदेशसंग वजेटको माग गरेको वताएका छन् ।
औषधीको अभावमा कहिले काँही विरामीलाई औषधी दिन सकिदैन । यही नै बनाएर पनि दिने गरेको वताए । आयुर्वेद औषधालयमा नवजात शिशुदेखि ९५ वर्ष सम्मका वृद्धवृद्धाहरु उपचारको निम्ति आउने गरेका छन् । औषधालयमा दैनिक ४० देखि ५० जना सम्म बिरामी आउने गरेका छन् ।
विरामी धेरै आउने हुँदा औषधिको जोहो गर्नु पर्ने देखिएको उनले बताए । आयुर्वेद औषधालयले जेष्ठ नागरिक सेवा , स्तनपाई सेवा , गाउँघर क्लिनिक , धामी झाक्री कार्यक्रम , टफिक प्रहरीलाई उत्पन्न हुने स्वास्थ्य समस्या निराकरण कार्यक्रमहरु गरेको सुचना अधिकारी बैकुण्ठ आचार्यले बताए । औषधालयमा थप फिजियो थेरापी , प्रयोगशाला सेवा , पंञ्चकर्म अन्तर्गत पर्वकर्म सेवा , सिरोधारा सेवा रहेको जानकारी गराए । आयुर्वेद औषधालयमा पायल्स र फिस्टोला सेवा पनि छिटै सुरु हुने भएको औषधालयले जनाएको छ ।
मकवानपुरमै उत्पादन भएका आयुर्वेद जडिबुटिको उचित संरक्षण गरी संकलन तथा प्रसोधन गरी उपयोगमा ल्याउनतर्फ ध्यान जान आवश्यक छ ।