मकवानपुरमा महिला र बालबालिका हराउने क्रम घट्यो

गुगलपाटी संवाददाता
३ कार्तिक २०७७ ०३:४४

कुमारी स्याङ्बो
हेटौंडाः मकवानपुर जिल्लामा महिला तथा बालबालिका हराउने क्रम पहिला भन्दा घटेको छ । लकडाउनको कारण पनि महिला तथा बालबालिकाहरु हराउने संख्या कम भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाइएको छ । एक ठाँउबाट अर्को ठाँउमा सवारीसाधन आवातजावत नभएको कारण पनि घटेको हो ।
मकवानपुर जिल्ला भारतसंग नजिक भएको कारण पनि महिला र बालकालिका हराउने गरेका छन् । हराउने क्रम बढे पनि फेला पर्नेको संख्या भने न्युन छ । जिल्ला प्रहरी कार्यालयको महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको तथ्यांक अनुसार हराएकाहरु कम मात्रै फेला पर्ने गरेको पाइएको हो ।
जिल्लामा आव ०७६÷०७७ को साउनमा ४ बालक र ६ बालिका हराएको छ । त्यस्तै भाद्र महिनामा २ बालक र ७ बालिका हराएका छन् । असोजमा ४ बालक ४ बालिका, कात्र्तिकमा ६ बालिका, मंसिरमा १ बालक र ६ बालिका हराएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए । त्यस्तै पुष महिनामा १ जना बालक हराएको छ भने ११ जना बालिका हराएको छ । माघ र फाल्गुन महिनामा ४÷४ जना बालक हराएको छ भने ८÷८ जना बालिका हराएका छन् । चैत्रमा १ जना बालक हराएको छ भने ७ जना बालिका हराएको छ । बैशाख महिनामा ५ जना बालिका हराएको छ । त्यस्तै असारमा ३ जना बालक हराएको प्रवक्ता रानाले जनाइएको छ । जसमध्ये ३ जना बालिका मात्र फेला पर्न बाँकी रहेको छ ।
त्यस्तै चालु आर्थिक वर्ष ०७७÷७८ को साउनमा ३ जना बालक हराएको छ भने ५ जना बालिका हराएको छ । भाद्र महिनामा १ जना बालक र १ जना बालिका हराएको छ । असोज महिनामा ४ जना बालक र ४ जना बालिका हराएको छ । जसमा ४ जना बालिका फेला पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
त्यस्तै आव ०७७÷७८ को साउनमा २१ जना महिला हराएको छ । भाद्रमा २० जना महिला, असोजमा १७ जना, कात्र्तिकमा २२ जना, मंसिरमा १५ जना, पुषमा २३ जना, माघमा २२ जना, फाल्गुनमा १६ जना, चैत्रमा ६ जना, वैशाखमा ४ जना, जेठमा २ जना र असारमा १० जना गरि १ सय ८१ जना महिलाहरु हराएका छन् । जसमा १ सय ७५ जना फेला परेको छ भने ६ जना फेला पर्न बाँकी रहेको छ ।
त्यस्तै चालु आर्थिक वर्ष ०७७÷७८ को साउन महिनामा १४ जना महिला हराएको छ । भाद्र महिनामा ५ जना हराएको छ भने असोजमा १७ जना हराएको रानाले बताए । जसमा २७ जना फेला परेको छ भने ९ जना फेला पर्न बाँकी रहेको छ ।
हराएमा खोजीका लागि प्रहरीलाई खबर गरे पनि भेटाँउदा खबर नगर्ने प्रवृत्ति रहेकाले भेटिनेको संख्या कमी देखिएको रानाले बताए । विभिन्न प्रलोभनमा पारेर महिला र बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक बढी लैजाने समस्या आएको प्रहरीको भनाई छ ।
राम्रो आम्दानी हुने ठाँउमा पु¥याउने लगायत आश देखाएर उनीहरुलाई बेपत्ता बनाउने क्रम रहेको प्रवक्ता रानाले जानकारी दिएको छ । यस्ता क्रियाकलाप नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम गरिरहेको उनको भनाई छ । घटनाहरु रोक्न स्थानिय तहहरुले पनि कार्यक्रम गर्न जरुरी रहेको उनले बताए ।