हेटौंडा बजार भिड, व्यापार छैन
सरोज पौडेल मकवानपुर
हेटौंडाः कोरोना संक्रमणबीच सरकारले लकडाउन खुकुलो पारेपछि बजार खुल्न थालेको छ । लकडाउनका कारण झण्डै ६ महिनासम्म ठप्प भएको बजारमा खुकुलो संगैं हाल बजारमा दशैको समयमा सर्वसाधारण देखिन थालेका छन् । आर्थिक गतिविधि खासै नभएपछि खुकुलो भएको बजार बन्द नगर्न व्यवसायीहरु संग आग्रह गर्छन् ।
पछिल्लो समय ६ महिना देखि घरभित्र थुनिएका सर्वसाधरणहरु पनि ढुक्कले बजारमा चहलपहल गर्न थालेका छन् । हेटौंडाका बजार बुद्धचोक, सिमाचोक, स्कुलरोड, बसपार्क क्षेत्रका पसलहरु सबै खुलेका छन् । किनमेलका लागि ग्राहक अपुग भए पनि व्यावसायीले लामो समयको लकडाउन पछिको अवस्थालाई सहज बनाउने भन्दै व्यावसायी संचालनमा ल्याएका छन् ।
बजारमा दशैको समयमा भिडभाड त छ तर व्यापार भने खास्सै नभएको व्यावसायीहरु बताउँछन् । बजारमा लत्ताकपडा, भाडाकुडा, रंगरोगन, हार्डवेयर, निर्माण सामाग्री र विद्युतीय सामाग्रीका धेरै जसो पसल संचालनमा आइसकेका छन् । बैंक तथा वित्तिय संस्थाले पनि कार्यालय खोलेपछि अहिले सामान्य जनजिवनमा फर्किए जस्तो देखिन्छ । दशैको समयमा विदेशबाट पैसाको आदान प्रदान हुने भएकाले बैंकहरुमा उपभोक्ताको भिड रहेको देखिन्छ ।
पहिला पहिला बर्ष, छ महिनामा एक पटक मात्रै लुगाकपडा किन्ने र दशै आउन एक महिना पहिले देखि यस वर्ष लुगा लगाउने, कस्तो किन्ने भनेर किनमेलका लागि बजारमा पुग्नेहरुको निकै भिड लाग्ने गर्दथ्यो । दशैंमा खसी बोका देखि लत्ताकपडा, खाद्यान्न देखि सवारी साधन सम्मको बिक्रीमा
व्यापार व्यवसाय गर्नेहरुका लागि यो सिजन सबैभन्दा ठुला हो । यस बेला व्यापारीहरु निकै व्यस्त हुने गर्दछन् । यद्धपी हेटौंडा बजारका व्यापारीहरु भने यो बेला पनि निकै फुर्सदिला जस्ता देखिएका छन् । हेटौंडा बजारमा मानिसहरुको चहलपहल बढ्न सुरु भएपनि व्यापार भने बढ्न नसकेको व्यापारीहरु बताउँछन् ।
पहिला दिनमा ५÷६ लाख कारोबार हुन्थ्यो भने अहिले १÷२ लाख हुन पनि मुस्किल भैरहेको छ
अहिलेको अवस्थामा हेटौंडा बजारको व्यापार व्यवसायी खस्किदो अवस्थामा छ । यस अघिका वर्षहरुमा यो बेला पानी खाने फुर्सद हुदैनथ्यो तर यस वर्ष भने खै किन हो बुझनै सकिएको छैन हामी पनि हेरिरहेका छौ । पहिला जस्तो दशै आजभोली हुन छोड्यो शिला एयर कन्डिस्नर एण्ड रेफ्रीजेनेरेटरका प्रोपाइटर इश्वर पाण्डेले बताए । पाण्डेको पसलमा नामटार, कालिकाटार, राक्सिराङ, चौघटा, पदमपोखरी लगायतका क्षेत्रबाट आउने गर्दछ । गाउँघरबाट आउनेलाई पनि समस्या र्भरहेको छ । अर्को कारण बजारमा पसलहरु धेरै बढेको छ । ग्राहक भन्दा व्यापारीहरु नै बढि हुँदा व्यापार घटेको हो कि भन्ने आकलन गर्न सकिन्छ । उनको पहिला दैनिक १०÷१२ वटा फ्रिज हुने गर्थे भने अहिले २÷३ वटा बिक्री हुन पनि गाह्रो भएको पाण्डेले बताए ।
कारोबार बढ्ने आशा गरौ व्यापारीहरु नआत्तिऔ
हेटौंडाको बुद्धचोकमा रहेको सुज स्पोर्ट पसलका सुरज बानिया भन्छन्, नेपालीहरुको महान चार्ड दशै तिहार लगायतका चार्डपर्व मुखैमा आइसक्दा पनि बजारको व्यापार मन्द छ । उनले भने हामीले ऋण सापट गरेर बैंकको ब्याज पनि तिर्न सकिने अवस्था अहिले छैन । बेमौसमी जस्तै अहिले व्यापार भएको छ । काम गर्ने मजदुरहरु निर्क व्यस्त छन् । यस्तै कर्मचारीहरुको पनि तलब आएको छैन । यसले गर्दा बजारमा दशैको सपिङ गर्नेहरु आउन पाएका छैनन् जस्तो मलाई लाग्छ । म आफै अचम्मित छु, मैले हेटौंडा बजारमा व्यापार गर्दै आएको १६÷१७ वर्ष भयो पहिलो पटक यस्तो रेकर्ड हो यो । घटस्थापनाबाट त निकै व्यापार बढ्ने गर्दछ तर यस वर्षभने सबै व्यापारीहरु निराश छन् । उनको पहिला ४०÷५० हजार व्यापार हुन्थ्यो भने अहिले ८÷९ हजार हुन पनि धौधौ परेको छ ।
तर पनि केही छैन म एउटा व्यापारीहरुको हितमा लाग्ने व्यावसायी भएकाले सबै व्यापारीहरुलाई धैर्यता राख्न आग्रह गर्छु । सबै व्यापारीहरुलाई मेरो आग्रह अबको दिनमा कारोबार बढ्छ आशा गरौ तर नआत्तिऔ ।
पहिलाको तुलनामा त पुग्न गाह्रो छ तर ठिक ठिकै छ
अब पहिलाको तुलनामा त छैन तर अहिले सम्म ठिकै छ । पहिला चहलपहल केही बढि हन्थ्यो तर यस वर्ष त्यस्तो भने छैन, बसपार्कमा किराना पसल रहेको व्यापारी गौरी शंकर दासले बताए । बजारमा चहलपहल र कारोबार बढ्ने आशा भने गरेका छौ । पहिला पहिला दशै तिहार, मेला, पर्वमा नयाँ लुगा किनिन्थ्यो सबै रमाउन सपिङ गर्न भनेर बजार तिर आउथ्यो उसै रमाइलो लाग्थ्यो तर अहिले भने बजारमा त्यो अवस्था छैन । समय र परिस्थितीले गर्दा पनि व्यापार व्यवसायीको कारोबारमा केही कमि आएको दासले भने । उनको पहिला दैनिक ७०÷८० हजार व्यापार हुन्थ्यो भने अहिले १०÷१५ हजार बिक्री हुन पनि गाह्रो भएको बताए । पहिलाको दशैमा दैनिक १०० बोरा भन्दा बढि चामल बिक्री हुने गरेको छ भने यसपाली २० बोरा बिक्री हुन पनि धौधौ परेको छ ।
अरु वर्ष पानी खाने फुर्सद हुदैनथ्यो यो वर्ष फुर्सदिला छौ
दशै नजिकिदै छ तर व्यापार भने छैन । व्यापार त्यस्तो केही पनि छैन । खै किन हो केही बुझ्न सकिने अवस्था छैन, खोपेगल्लीमा रहेको नोर्बु कलेक्सनका प्रोपाइटर अपसरा मोक्तानले बताइन् । पहिला उनको पसलमा पानी खाने सम्म फर्सद हुने थिएन यसपाली भने फुर्सदिलो नै देखिएको उने भनिन् । पहिलाको तुलना गर्न सक्ने अवस्था छैन । अब केही आबा गर्ने अवस्था पनि छैन ।