मकवानपुरमा थप ३० जनामा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
५ कार्तिक २०७७ ०३:२२

मकवानपुरमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६ जना, बकैया गाउँपालिकाका ६ जना, बागमती गाउँपालिकाका १२ जना ,मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र जिल्ला बाहिरका ३ जना गरी ३० जना थपिएका हुन् । कार्तिक २ गते लिएको स्वाबमा १ सय ८३ जनाको परीक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको हो ।