सिटिईभिटीको परिक्षाले आधुनिक डिजाईन समेटन सकेन :अध्यक्ष श्रेष्ठ
गुगलपाटी संवाददातानेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले झापाबाट सुरु भएको फेसन डिजाइन सिलाइ कटिङ्ग तालिम सप्ताहको शुभकामना दिदैँ, सिटिईभिटी लगायत विभिन्त्र संघ संस्थाहरुबाट दिईदै आएको तालिमले दक्ष कालिगढ उत्पादन हुन नसकेको र सिटिईभिटीको परिक्षा पास भएका कालिगढहरुबाट समेत बजारको माग अनुसारको डिजाइनका पोशाक तयार गर्न समस्या भएकाले देशभर रहेका व्यवसायीहरुको सिप अभिवृद्धिको लागि अभियान ल्याईएको बताउनु भयो ।
झापाको अर्जुनधारा नगरपालिकामा फेसन डिजाइन लेडिज तथा जेन्स सिलाइ कटिङ्ग तालिम सप्ताहको उद्घाटन भएको थियो । तालिममा ३०० भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
झापाको अर्जुनधारामा यमुना रोक्काले, विर्तामोडमा संगिता गौतम ,काकडभित्तामा सारदा श्रेष्ठले प्रशिक्षण दिदै आउनु भएको छ । सिलाई व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई आधुनिकता तर्फ लैजान पनि यस फेसन डिजाइन सिलाइ कटिङ्ग तालिमले सहयोग गर्नेे प्रशिक्षक यमुना रोक्काले बताउनु भयो ।
देशभरका समग्र कपडा तथा सिलाइ ब्यवसायिहरुको क्षमता अभिबृद्दी गरि समयसापेक्ष रुपमा उपभोक्ताहरुको इच्छा ,चाहना र आवस्यकता अनुरुप सेवा सुबिधा प्रदान गर्ने अनुभव,योग्यता ब्यवसायिको लागि अनिवार्य भै सकेको छ । प्रतिस्पर्धाको बजारमा गुणस्तरीय सेवा,सुबिधा नै सफलताको परिचायक हुने वास्तविक आधार लाई मध्यनजर गर्दै प्रत्येक जिल्लाका ब्यवसायिहरुलाई सिलाइ (डिजाइन) सम्बन्धि आधुनिक , एडभान्स तालिमका कार्यक्रम संचालन गर्ने कार्ययोजना बनाइ महासंघसंग समन्वय गरि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय महिला उधमी सीप बिकास समितिका संयोजक मेनका श्रेष्ठले बताउनु भयो ।
महासंघका केन्दीय सदस्य तथा बागमती प्रदेश सचिव राज कार्किले तालिम सफलताको शुभकामना दिदैँ फेसन डिजाइन सिलाइ कटिङ्ग सप्ताह तालिमले व्यवसायीलाई थप उर्जा मिल्ने बताउदै मकवानपुरको बकैयामा समेत प्रशिक्षक मिलन नेपालीले प्रशिक्षण दिदै आउनु भएको बताउनु भयो ।
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले देशव्यापी फेसन डिजाइन सिलाइ कटिङ्ग तालिम सप्ताहको सुरुवात मंगलबार झापा जिल्ला बाट गरेको थियो भने आगामी मंगलबार नै समापन हुने जनाइएको छ ।