बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री सहयोग

गुगलपाटी संवाददाता
८ जेष्ठ २०७८ ०९:३४

बागमती प्रदेश सरकारलाई ब्याक टु लाईफ नामक अन्तराष्ट्रिय संस्थाले स्वास्थ्य सामाग्रीसहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करीब १ करोड ७० लाख बराबरका विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
प्रदेश सामाजिक विकास मन्त्रालयमा शनिबार एक कार्यक्रम गरेर संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
संस्थाले अक्सिजन कन्सन्टेटर, हाई फ्रिक्वेन्सीको मोवाईल एक्सरे मेशिन,पल्स अक्सी मिटर, ईन्फेसन पम्प, सर्जिकल मास्क, पीपीई , मोनीटर, इलेक्ट्रो कार्डियोग्राम लगायतका स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । यो बिपद समाधानमा सरकार एक्लैले नभई सबैको सहयोग अपरीहार्य भएका र उपलब्ध स्वास्थ्य सामाग्रीले सरकार र जनताको दुबैको हितमा रहेको सम्पुर्णलाई सहयोगको आहवान समेत गर्नुभएको थियो ।

जर्मनीको अन्तराष्ट्रिय संस्था ब्याक टु लाइफले नेपालमा सन २००९ देखि बागमती प्रदेशका अति विपन्न तामांग र चेपाङ समुदाय रहेका र विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको मुगुमा कार्यरत रहदै गर्दा विपदमा सरकारलाई गरेको सहयोग सराहनिय रहेको बताउनु भयो ।