स्काउटले नि शुल्क संक्रमितको घरमा डिसइन्फेक्ट गर्ने
गुगलपाटी संवाददाता
नेपाल स्काउट बागमती प्रदेशको प्राविधिक सहयोग र हेटौंडा उपमहानगरपालिका कमिटिको आयोजनामा कोभिड संक्रमित भएकाहरुको घर निशुल्क डिसइन्फेक्ट गर्ने कार्यक्रमको शुरुवात गरेको छ ।
नेपाल स्काउट हटौडा उपमहानगरपालिका संयोजक दिपेन्द्र रोक्काको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजेश बानियाको प्रमुख आतिथ्यतामा सोमबारबाट कार्यक्रमको शुभारम्भ गरेको हो ।
नेपाल स्काउट बागमति प्रदेश कार्यालय समेत रहेको हेटौंडा उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजेश बानियाले स्काउटको अभियान राम्रो भएकाले हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भयो ।
हटौडा उपमहानगरपालिकाका १९ वटै वडाका वडाअध्यक्षहरुसंग समन्वय गरेर आर्थिक रुपमा बिपन्त्र तथा पिछडा बर्गलाई लक्षित गरेर स्काउटर तथा रोभर, रेन्जरहरुबाट संकलित सहयोगले निशुल्क रुपमा अभियान सुरु गरिएको सभाध्यक्ष दिपेन्द्र रोक्काले बताए ।
नगरभरी संक्रमितहरु संख्या धेरै भएकाले सिमित श्रोत साधन र सामग्रीको कारण थोरै घरमा मात्र डिसइन्फेक्ट गर्न सकिने भएकाले सहयोगी मनहरुबाट अभियानको लागि सहयोग भए सबै घरहरु डिसइन्फेक्ट गर्न सकिने बागमती प्रदेश सदस्य अशोक सारु मगरले बताए ।
अशोक सारु मगरको नेतृत्वमा स्काउटको टोलीले प्रत्येक दिन कोभिड संक्रमितहरुको घरमा डिसइन्फेक्ट गर्न छ । कार्यक्रममा वडा नं ५ का वडा सदस्य केशव श्रेष्ठ , नेपाल स्काउट बागमती प्रदेश सदस्य महेन्द्र राना मगर, बागमती प्रदेश कार्यालय प्रमुख शोभा लामिछाने , नेपाल स्काउट हटौडा उपमहानगरपालिका समितिका सदस्यहरु ,हेटौंडा ओपन क्रयूका अध्यक्ष बुद्दिनाथ न्यौपाने लगाएतको सहभागीता रहेको थियो ।