उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल विजयी
गुगलपाटी संवाददाताहेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल भएका छन् । प्रतिद्वन्द्वी महेन्द्र राउतलाई १ सय ८८ मतले पछि पार्दै कट्वालले विजयी भएका हुन् ।
कटुवाल १ हजार २६ मत प्राप्त गर्दा राउतले ८ सय ३८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष कट्वालले व्यवसायीक हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
विजयी कार्य समितिमा पनि अध्यक्ष कटुवाल प्यानलको बहुमत सदस्य निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा वाणिज्यतर्फ कृष्णकुमार गुप्ता अग्रवाल, उद्योगतर्फको उपाध्यक्षमा माधव न्यौपाने, एसोसिएट उपाध्यक्षमा गणेश भेटवाल निर्वाचित भएका छन् । वस्तुगततर्फका उपाध्यक्ष रामप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका थिए ।
वाणिज्यतर्फ सदस्य पदमा अनिल अग्रवाल,कुलप्रसाद चौलागाई,दिवस पराजुली, माधव ज्ञवाली, काव्यमणि अधिकारी, कृष्णप्रसाद ढुंगाना र रवि शर्मा कँडेल निर्वाचित भए । उद्योगतर्फ प्रतिमा श्रेष्ठ, प्रमोदसिंह रानाभाट, रुपकराज दाहाल, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी भए ।
एसोसिएटतर्फ सदस्यमा विष्णु खनाल, विष्णुगोपाल महर्जन, राजाराम कार्की र दीपक उप्रेती विजयी भए । २७ सदस्यीय कार्यसमितिमा ७ जना सर्वसम्मत निर्वाचित भएका थिए । २३ सय २८ मतदाता रहेको संघको निर्वाचनमा १९ सय ९८ मत खसेको थियो ।