जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा रायमाझी

गुगलपाटी संवाददाता
४ आश्विन २०७८ ०७:४८

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
भेला नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो । भेलालाई सम्बोधन गर्दै पुलामीले पार्टी निर्माण अभियानमा जनस्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताए । यस अभियान अन्तर्गत नै जनबर्गीय संगठनहरुको भला सम्मेलन अभियान चलाइएको उनको भनाई छ । पार्टीलाई सहयोग पुग्नेगरी अभियान सञ्चालन गर्न पुलामीले संगठनलाई निर्देशन दिएका छन् ।


भेलाले जयराम रायमाझीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । समितिको उपाध्यक्षमा श्याम सुन्दर महतो, बाल कुमारी ढकाल, सरस्वती लामा (घलान), सचिव अशोक राखाल, कोषाध्यक्ष बिन्दा तितुङ र सह–सचिवमा लव थापा चयन भएका छन् । भेलामा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपमहासचिव सुर्य तिवारी, बागमती प्रदेश अध्यक्ष कानूनलाल चौधरी, सचिव अमर लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।