महालक्ष्मी बैंकले गर्यो मास्क र खानेपानी बितरण
गुगलपाटी संवाददातामहालक्ष्मी विकास बैंक हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यात्रुहरुलाई माक्स तथा खानेपानी बितरण गरेको छ ।
असोज १ गतेबाट एक साता हेटौंडा १० स्थित बैंकको शाखा कार्यालय अगाढी मास्क नलगाई हिँडिरहेका यात्रुहरुलाई सचेतनासँगै मास्क बितरण गरेको शाखा प्रमुख सम्भु प्रसाद पराजुलीले बताए । ‘हामीले मास्क र खानेपानी बितरणसँगै मास्क नलगाई हिँड्नेहरुलाई कोरोना जोखिम नघटेकाले मास्क लगाउन प्रेरित पनि ग¥यौं’, उनले भने, ‘यो अभियानमा बैंकका कर्मचारी साथीहरु पालैपालो एक साता खटिनुभएको थियो ।’
साथै बैंकले चाडपर्व लक्षित ग्राहक सुविधालाई ध्यान दिँदै हेटौंडा बजारस्थित केदारनाथ सुनचाँदी पसलमा सुनचाँदी बनाउने बैंकको ग्रहाकलाई ज्यालामा छुट सम्झौता गरेको शाखा प्रमुख पराजुलीले बताए । ‘उक्त पसलमा हाम्रा ग्रहाकले क्युआर कोड र मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा केदारनाथ सुनचाँदी पसलले ३० प्रतिशत ज्यालामा छुट दिने सम्झौता गरेको छ’, उनले भने ।