सामुदायिक सेवा केन्द्रको अध्यक्षमा विष्ट सर्बसम्मत निर्वाचित

गुगलपाटी संवाददाता
११ मंसिर २०७८ ११:४४

सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा तेस्रो पटक राम विष्ट सर्बसम्मच निर्वाचित भएका छन् । सबै राजनीतिक दलहरुको सहमतिमा उनी शनिबार हेटौंडामा भएको सातौं अधिवेशनबाट सर्बसम्मत अध्यक्ष चयन भएका हुन् ।
अधिवेशनबाट पुनः उपाध्यक्षमा बिनोद लामिछाने र सचिवमा रमिला सापकोटा निर्वाचत भएका छन् । अधिवेशनले पदाधिकारी सहित २२ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
अध्यक्ष निर्वाचित भएपछि विष्टले प्रहरी र समुदायसँग मिलेर समाजमा भएका बिकृति, दुब्र्यसनी बिरुद्ध प्रभावकारी अभियान सञ्चालन गरिने बताए । ‘समाजमा शान्ति सुरक्षा कायम गराउन र असल समाज निर्माणको लागि हामी प्रहरी र समुदायलाई सँगै लिएर काम गर्नेछौं’, उनले भने ।
केन्द्रको १७ औं साधरणसभा तथा सातौं अधिवशन उद्घाटन कार्यक्रका प्रमुख अतिथि मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले समाजमा शान्ति सुरक्षा कायम गर्न सामुदायिक सेवा केन्द्रहरुको भूमिका महत्वपूर्ण रहेको बताए । आगामी दिनमा केन्द्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने उनले बताए ।


कार्यक्रममा केन्द्रलाई एम्बुलेन्स सहयोग गर्ने हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँलाई सम्मान पत्र प्रदान गरिएको थियो । केन्द्रलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई पनि करद पत्र प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा केन्द्रका निर्वतमान अध्यक्ष कुमार पौडेल, संस्थापक उपाध्यक्ष बासु खतिवडा, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।