हेटौंडामा बातावरण दिवस भब्य रुपमा मनाइने

गुगलपाटी संवाददाता हेटौंडा,१४ जेठ
१४ जेष्ठ २०७५ १४:३१

बिगतका बर्षहरु जसरी र्नै यस बर्षपनि हेटौंडामा बिश्व बातावरण दिवस मनाइने भएको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो । बिश्व बातावरण मुल आयोजक समितिका संयोजक धुब्र अधिकारीले जेठ १६ गतेबाट २२ गतेसम्म कार्यक्रम गरिने बताए ।
यस वर्ष पनि जेष्ठ १६ गतेदेखि जेष्ठ २२ गतेसम्म सप्ताहव्यापी रुपमा “प्लाष्टिक प्रदुषण निर्मुल पारौं, सके पुन प्रयोग गरौं, नसके बहिष्कार गरौं” भन्ने मुल नारालाई बुलन्द गर्दै ४६ औं विश्व वातावरण दिवश मनाउन सम्पूर्ण सरोकारवालाहरु संग छलफल गरी टोल बिकाश संस्था नगर समन्वय समितिको संयोजकत्वमा ४६ औं विश्व वातावरण दिवस मनाइने र हेटौंडाबासीहरुको भव्य तथा उल्लेख्य सहभागीतामा २०७५ जेष्ठ २२ गते विहान ६ः३० बजे हुप्राचौरमा उपस्थित हुन सबै संघ संस्था,टोल बिकास संस्था सहित सबैलाई उनले आग्रह गरेका छन् ।

साता ब्यापी कार्यक्रमहरु निम्न छन्  :
२०७५।२।१६ रक्तदान कार्यक्रम बिहान ७ः०० बजे सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा–११ टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११

२०७५।२।१७ वृक्षारोपण कार्यक्रम बिहान ७ः०० बजे ल्यान्डफिल्ड साईट मुल आयोजक समारोह समिति

२०७५।२।१८ औद्योगिक फोहर व्यवस्थापन सम्बन्धि अन्र्तरक्रिया कार्यक्रम दिनको १ः०० बजे युनिटी भिलेज, हेटौंडा–९

टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–९

२०७५।२।१९ विशेष सरसफाई कार्यक्रम बिहान ७ः०० बजे उद्योग वाणिज्य संघबाट शुरुवात मुल आयोजक समारोह समिति

२०७५।२।२० वातावरणीय सचेतना मुलक साईकल र्याली कार्यक्रम बिहान ६ः३० बजेहेउमहानपा कार्यालय मकवानपुर साईक्लिङ संघर

राईडर्स क्लब मकवानपुर

२०७५।२।२१ सामुदायिक वनको विकासमा स्थानीय निकायको भूमिका सम्बन्धि वकृत्वकला दिनको १ः०० बजे रानी सामुदायिक वनको कार्यालय रानी सामुदायिक वन, हेटौंडा–६

२०७५।२।२१ वातावरण सचेतना सम्बन्धि सुचना बोर्ड राख्ने कार्यक्रम वडा समितिको कार्यालय वडा नं. १ देखी १९ सम्म लायन्स क्लब अफ हेटौंडा बजार ग्रिन सिटी

२०७५।२।२२ वातावरणीय सचेतना सम्बन्धि वृहत र्याली कार्यक्रम बिहान ६ः३० बजे हुप्राचौर देखि सिद्दार्थ उच्च माविको प्राङण मुल आयोजक समारोह समिति