दुई बालक सहित तीनजनाको मृत्यु
गुगलपाटी संवाददाता काठमाडौंपोखरीमा डुबेर सर्लाहीको चक्रघट्टा गाउँपालिका(६ गोइयाहीका दुई बालिकाको मृत्यु भएको छ। साथीसँग खेल्दै पोखरीमा पुगेकी हरि नारायण रामकी १० वर्षीया छोरी जसोधाकुमारी राम र ठागा रामकी ९ वर्षीया छोरी प्रीतिकुमारी रामकी पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सोमबार दिउँसोदेखि हराएका बालिकालाई खोज्ने क्रममा परिवारजनले सोमबार राति बस्ती नजिकैको पोखरीमा मृत फेला पारेका छन्।
ुमजदुरी गरेर घर आउँदा घरमा छोरी नदेखेपछि खोजी गरेका थियौुं, जसोधाका बुवा हरिनारायणले भने, ुवरिपरिका गाउँ र ससुरालीमा पनि गएर खोजेका थियौं, कतै फेला नपरेपछि १० बजे राती घर नजिकैको पोखरीमा खोज्न जाँदा दुवैजना पानीमा तैरिरहेका देख्यौं।
यसैबीच मुसीकोट नगरपालिका–१ सहिद मैदानमा एक महिलाको शव फेला परेको छ । सहिद मैदानको एउटा घरमुनिको खोल्सेरोमा महिलाको शव फेला परेको हो।
मृतक महिला रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–१०, घुम्लवाङकी अन्दाजी ३३ वर्षीय इच्छा बुढा मगर हुन्।
मंगलबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार राति अबेरसम्म सहिद मैदानकै एक होटलमा हल्लाखल्ला भइरहेकोले उनको हत्या गरिएको आशंका गरिएको छ । रासस