दुईको मृत्यु

गुगलपाटी संवाददाता हेटौंडा
१५ जेष्ठ २०७५ ०९:४४

सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा आज मृत्यु भएको छ ।

तरकारी बेचेर फर्कने क्रममा भारतको पिलिभित जिल्ला बजारघाटमा बिहान चट्याङ लागी मृत्यु भएको र शव परीक्षणको पिलिभितमै गरिने घटनास्थलमै रहनुभएका नेपाली काँग्रेसका नेता हरेन्द्रसिंह विष्टले बताउनुभयो ।
यसैबीच सप्तरीको सुरुङ्गा नगरपालिका– २ हर्दियास्थित पोखरीमा डुबेर आज बिहान सुरेन्द्रप्रसाद चौधरीकी दुई वर्षीया छोरी सोराकुमारीको मृत्यु भएको छ ।

सोरा खेल्दाखेल्दै घर नजिकैमा रहेको पोखरीमा डुबेकी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
रासस