हावाहुरीले राक्सीराङमा ब्यापक क्षति,पढाइ ठप्प,स्थानीय घरबार बिहिन

गुगलपाटी संवाददाता मकवानपुर,१५ जेठ
१५ जेष्ठ २०७५ १०:४२

सोमबार बेलुमा आएको हावाहुरीका कारण मकवानपुरको बिभिन्न स्थानहरुमा ब्यापक क्षति भएको खबर प्राप्त भएको छ ।
जिल्लाको रांक्सीरांगमा बढी क्षति भएको पाइएको छ । राक्सीरांग गाउँपालिकाका अध्यक्ष राज कुमार मल्लका अनुसार गाउँपालिकाको वडा नम्बर ९ खैरांगमा रहेको कालिका माविमा क्षति पुगेको छ । हावाहुरीले बिद्यालयको छाना उडाएपछि पठनपाठन ठप्प भएको बिद्यालयका प्रधानाध्यापक दीपेन्द्र कुमार झाले बताए ।
उनले एक दुई बिद्यालयको पठन पाठन शुचारु गर्न समस्या हुने बताए । खासगरी बिद्यालयको दुई देखि ६ कक्षा सम्मका छाना उडाएको उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष मल्लले भने हावाहुरीले वडा नम्बर ३ का स्थानीय बिजय प्रजा,राजेश प्रजा,सीता मायां ग्यावा,मंगल बहादुर ग्वाला,चन्द्र बहादुर ग्वाला,निर्मला बिक,मंगल बहादुर लगायतको घर तथा गोठमा ब्यापक क्षति पुगेको बताए । उनले घर हावाहुरीले भत्काइदिएपछि स्थानीयहरु घरबार बिहिन भएको बताए । मंगलबार आफूले अनुगमनका क्रममा यस्तो पाएको जानकारी दिए ।गाउँपालिकाका अन्य क्षेत्रमा पनि क्षति पुगेको भएपनि बिधुत अभावका कारण संचार सम्पर्क बिहिन भएकाले क्षतिको सबै बिवरण आइ नसकेको उनले गुगलपाटीलाई बताए ।