मकवानपुरगढी पुगेर यसो भनिन् सांसद कुमारी मोत्तानले
गुगलपाटी संवाददाता मकवानपुर,१५ जेठनेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्य एवम् प्रदेश सभा सांसद कुमारी मोक्तानले एमाले माओवादी एक हुनु शहिदको सपना साकार भएको बताइएकी छिन्, ।
मंगलबार मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ कान्चनथलीमा ११ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरका शहिद बासुदेव घिमिरेको सम्झनामा श्रद्धान्जली कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मोक्तानले शहिदले देखाएको बाटोमा नै आफूहरु हिडेको उनले दाबी गरिन् ।
कार्यक्रममा बोल्दै गढीगाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले शहिद बासुदेव घिमिरेको सम्झनामा निमार्ण हुन लागेको शहिद बासुदेव पार्कलाई पर्यटन क्षेत्र बनाईन जिल्ला कै नमुना पर्यटन क्षेत्र बनाउने बताए । गाउँपालिकाबाट यो वर्ष १२ लाख वजेट विनियोजन गरिएको समेत अध्यक्ष हुमागाईले बताए ।
सहिद बासुदेव स्मृति प्रतिष्ठान ले आयोजना गरेको भेला तथा श्रद्धान्जली कार्यक्रममा गढीगाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जितबहादुर घिमिरे, ६ नम्बर वडा अध्यक्ष टिका प्रसाद दाहाल, जिल्ला युवा समितिका सन्तोष चौलागाई, नेपाली कांग्रेस आमभञ्ज्याङ इकाइ उपसभापति थलनाथ घिमिरे, स्थानिय अगुवा युवराज सापकोटा, कृष्णप्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सहिद बासुदेव घिमिरेका बुवा कृष्णप्रसाद घिमिरे र आमा चित्रकुमारी घिमिरेलाई नगद सहित सम्मान गरिएको थियो ।