अर्थमंत्रीद्वारा झण्डै १४ खर्ब रुपैयाँको बजेट बिनियोजन

गुगलपाटी संवाददाता काठमाडौं
१५ जेष्ठ २०७५ १२:२०

सरकारले आर्थिक वर्ष २०७५र७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। मंगलबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट घोषणा गरेका हुन्।

कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४।३ प्रतिशत र पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३।९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११।८ प्रतिशत रहेको जानकारी गराएका छन्।

अर्थमन्त्री खतिवडाका अनुसार आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा रु चार खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुनेछ। अर्थमंत्रीले पेश गरेको सिलिंगमा चुरोटको मुल्य बढेको छ भने शैक्षिक र स्वास्थ्य कर खारेज गरिएको छ भने कर्मचारीको तलब बढेन भने २ हजार भत्ता थपिएको छ भने बुद्ध भत्ता बढेन भने भूकम्प पीडितले पनि राहत थप नपाउने भए ।