बल्ल मुख खोल्यो सरकारले

गुगलपाटी संवाददाता काठमाडौँ
१५ जेष्ठ २०७५ १५:०१

सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री सुष्मा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ ।

आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीपछि आम नेपाली जनताले चासो व्यक्त गरेकामा पनि परराष्ट्र मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ ।

सामाजिक एकता र सद्भावपूर्ण जीवनले नेपालीको मौलिकता दर्शाउने बताउँदै परराष्ट्रले सबै क्षेत्रमा बस्दै आएका नेपालीबीच राष्ट्रिय एकता प्रतिबिम्बित भएको पनि उल्लेख गरेको छ। जसलाई सबै छिमेकीले सम्मान गर्नुपर्नेमा पनि परराष्ट्रले जोड दिएको छ।