सुरुङ मार्गलाई परेन बजेट
गुगलपाटी संवाददाता हेटौंडा,१६ जेठप्रदेश तीनको सरकारले भिमफेदी कुलेखानी सुरुङमार्गलाई प्रदेश गौरवको आयोजना बनाउने भनेपनि केन्द्र सरकारको बजेटमा सम्बोधन भएन । मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङ मार्ग प्रदेश गौरवको आयोजना बनाउने भनेपनि केन्द्र सरकारले बजेटमा नसमेटिएको हो ।
केन्द्र सरकारले नसमेटेपछि प्रदेश तीनको नीति तथा कार्यक्रममा आएको प्रदेश गौरवको सुरुङ मार्ग अलपत्र पर्ने सम्भावना बढेको हो । केन्द्रीय सरकारले हिजो सोमाबर ल्याएको बजेटमा विभिन्न स्थानमा ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेपनि हेटौंडा काठमाडौँ सुरुङमार्ग नपरको हो ।
देशमै चर्चामा रहेको भिमफेदी कुलेखानी सुरुङ मार्गमा केन्द्र सरकारले बजेट बिनियोजन नगरेपछि प्रदेश सरकार आफैले स्रोत जुटाएर निर्माण गर्ने सम्भावना न्युन रहेको छ । सरकारले नागढुङ्गा नौबिसे, बीपी राजमार्गको खुर्कोट चियाबारी, सिद्धार्थ राजमार्गको सिद्धबाबा, बीपीनगर खुटिया दिपायल र गणेशमान मार्गको थानकोट चित्लाङमा सुरुङ मार्ग बनाउने घोषणा गरेको हो ।
२०६९ सालबाट नीजि क्षेत्रले हेटौंडा काठमाडौँ सुरुङमार्ग निर्माणको लागि पहल सुरु गरेको थियो । यसमा सरकारले पनि नेपाल पूर्वाधार कम्पनी नामको नीजि सस्थालाई सुरुङमार्ग निर्माणमा सघाएको थियो ।