भूकम्प पीडितको कन्तबिजोग,राहत कुर्दै नेता

कृष्णउदास खनाल भच्चेक(गोर्खा)
१६ जेष्ठ २०७५ ०६:१९

भूकम्प गएको तीन बर्ष बितिसक्दा पनि कतिपय स्थानीयहरुको दैनिकी अझै कष्टकर बनेको छ । सरकारले घोषणा गरेको राहत रकम समेत नपाएपछि स्थानीयहरु अझै मारमा परेका हुन् ।
२०७२ साल बैशाखामा गएको भूकम्पको केन्द्रबिन्दू नै रहेको गोरखाका नागरिकहरु भने अझै सरकारी राहतको प्रतीक्षामा रहेका छन् । खासगरी गोरखाको अजिरकोट गाउँपालिकाको वडा नम्बर ३ हंसपुरका स्थानीयहरु अझै राहतको प्रतीक्षामा रहेका हुन् । जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेको भएपनि भूकम्प पीडितका लागि लक्षित गरेर कुनै कार्यक्रम ल्याएपछि पीडितहरु मरमा परेका छन् ।
२०५२ सालभन्दा अगाडिदेखि नै कम्यूनिष्ट आन्दोलनका कारण भूमिगत रहेका माओवादी नेता श्रीनाथ अधिकारीको घर बनेपनि राहतको प्रतीक्षामा उनी रहेका छन् । नेकपा माओवादी क्रान्तिकारीका नेता समेत रहेका श्रीनाथका सुपुत्र नारायण अधिकारीले सरकारी बद्मासीका कारण राहत अझै आफूहरुले नपाएको बताए । उनले जिल्लाका सबै सरोकारवलाहरुलाई यस बिषयमा आफूले गुनासो राखेपनि सुनुवाइ नभएको बताए । हंसपुरका वडा अध्यक्ष तयाराज गुरुंगले भने आफूले दोश्रो तथा तेश्रो किस्ताका लागि सिफारिस गरिसकेको दाबी गरे । जिल्ला इन्जिनियर प्रमुख रोशन श्रेष्ठले भने भूकम्प पीडितहरुले किस्ताका लागि फारा मभर्न नै ढिला गरेका कारण राहत रकम पाउन केही ढिला भएको जिकिर गरे । भूकम्पको समयमा हंसपुरमा मात्रै एक हजार पाँचसय घर परिवार पीठित भएका थिए ।