वन उपभोक्ता महासंघमा सादुराम
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा/सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समन्वय समिति, मकवानपुरको अध्यक्षमा साधुराम चौलागाईं निर्विरोध निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा गोपीमाया अधिकारी, सचिवमा लक्ष्मी पुडासैनी र कोषध्यक्षमा बलराम अधिकारी चयन भएका छन । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल मकवानपुरको सम्पन्न भएको प्रथम अधिवेशनले चौलागाईंको नेतृत्वमा २४ सदस्यीय समिति गठन गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम फेकोफन जिल्ला अध्यक्ष पञ्चमाया स्याङ्तानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालकी केन्द्रीय महासचिव भारती पाठक, केन्द्रीय सदस्य शान्ता न्यौपाने जिल्ला वन अधिकृत प्रल्हादप्रसाद धिताल, जिल्ला समन्वय समिति ललितपुरका अध्यक्ष प्रेम घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका पूर्वअध्यक्ष पुष्पराज पराजुली, सचिवालय सदस्य रामहरि चौलागार्इं, फेकोफन, हेटौडा उपमहानगरपालिकाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, न्यायिक समितिका संयोजक अर्जुन गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए । फेकोफन मकवानपुरमा दुईसय ४० वटा सामुदायिक वन समूहहरु आवद्ध रहेका छन् ।