नाउँ परिवर्तन हुने भयो कम्यूनिष्ष्ट पार्टीको

गुगलपाटी संवाददाता काठमाडौं
१७ जेष्ठ २०७५ ०५:०८

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । निर्वाचन आयोगले नाम पुनर्विचार गर्न भनेपछि नेपाल कम्युनिस्ट पार्टीको अण्डरलाइन हटाएर पछाडि (ने क पा) थप्न लागिएको हो ।

दल दर्ता प्रक्रियामा रहेका नेकपाका एक नेताले भने, ‘हामी आजै यो नाम आयोगमा बुझाउँदैछौं ।’

पार्टीका ४४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकताको प्रतिलिति भने बुझाइसकिएको छ ।

एमाले र माओवादीले एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको थियो । तर, ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ । त्यसैले दुई दलले पार्टी एकता घोषणा गर्नुअघि आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न आवेदन दिएका थिए ।

यसैबीच नेकपाको ४४१ सदस्यीय केन्द्रीय समितिमा महिलाको सहभागिता ३३ प्रतिशत पुग्दैन । नेकपाकै महिला नेतृहरुले दल दर्ताका क्रममा आवाज उठाएका थिए ।

तर, आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला, समावेशी सबै पूरा गर्ने प्रतिवद्धता जनाएकाले यसले दल दर्ता नरोकिने भएको छ । एक नेता भन्छन्, ‘राजनीतिक दलसम्वन्धी ऐनको दफा १० अनुसार दुई पार्टी मिलेको हो ।