३३ किलो सुनकाण्ड : अन्तत आत्मसमर्पण गर्न बाध्य भए एसएसपी खत्री
गुगलपाटी संवाददाता बिराटनगरसाढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् । उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।
फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो ।
खत्रीले बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएको सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलले बताए । सुन तस्मरीका मुख्य नाइके भनिएका चुणमणी उप्रेती उर्फ गोरे करिब दुई हप्ता अघि नै प्रहरी सम्पर्कमा आइसकेका छन् । गोरेले खत्रीलाई सुनकाण्डको धेरै दोष थुपारेका कारण अब सुनकाण्डको धेरै पोल खोलिने अनुमान गएिको छ ।