गृहमंत्री थापाले भने : राजसंस्था फर्कन सक्छ

गुगलपाटी संवाददाता चितवन
१७ जेष्ठ २०७५ ०८:३५

गृहमन्त्री एवं नेकपाका शीर्ष नेता रामबहादुर थापा बादलले नेपालमा राजसंस्था फर्किने संकेत गरेका छन्। विहीबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सांकेतिक रुपमा राजसंस्था फर्काउने अन्तिम कसरत भइरहेको बताए।

मन्त्री थापाले गणतन्त्रसहित अहिलेका उपलब्धि उल्ट्याउने र देशलाई स्थिर हुन नदिने षड्यन्त्र कायमै रहेको तथा यसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह पनि संलग्न रहेको दाबी गरे।

‘हिजोको जस्तो स्थिती पैदा गर्न गणतन्त्र र उपलब्धिलाई उल्ट्याउने षडयन्त्र कायमै छ’, मन्त्री थापाले भने । परिवर्तन उल्ट्याउने खेलमा विप्लवदेखि कमल थापाको राप्रपासम्म लागि परेको र कांग्रेस नेतृत्वमा रहेका उच्च नेताको समर्थन रहेको संकेत मन्त्री थापाले खुलाएका थिए।

पछिल्लो समय संवैधानिक राजतन्त्र फर्काउन भारत, चीन सक्रिय रहेको बताइन्छ। यसमा अमेरिकाको पनि साथ खबरहरु आइरहेका छन्। त्यस्तै माहोल बनाउन पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको बैंकक, भारत र चीनमा बेलाबेला भ्रमण हुँदै आइरहेको छ। जानकार सुत्रहरुका अनुसार स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै ढिलोचाँडो राष्ट्रिय एकताका लागि राजसंस्था राख्नुपर्छ भन्ने लाइनमा रहेको बताइन्छ।

तर, तत्कालिन नेकपा माओवादी केन्द्र भने यसको पक्षमा छैन्। गृहमन्त्री थापा पनि माओवादीबाट नेकपामा मिसिएका नेता हुन्। उनले प्रष्ट रुपमा कसैलाई नभनेपछि आफ्नै पार्टी अध्यक्ष ओलीलाई समेत परिवर्तनका उपलब्धि उल्ट्याउन खोजेको संकेत दिएका छन्।