एसएसपी खत्री गए जेल,जेल जानु अघि कसकसको नाउँ पोले खत्रीले ?यो पढ्नुहोस्
गुगलपाटी संवाददाता बिराटनगरगायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आफैं हाजिर भएका एसएसपी श्याम खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् । मोरङ जिल्ला अदालतमा बिहीबार बयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारीसमेत नभएको बताएका छन् ।
खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । खत्रीले आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बताएका छन् । बयानमा क्रममा गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरे पनि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई नै थाहा भएको बयान दिएका थिए ।
गोरेले बयानका क्रममा खत्रीले सुन निकालेबापत प्रतिकेजी ५० हजारका दरले कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए ।
यसैबीच करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो ।उनले बिहीबारै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । र, जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको ६ नं। इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो ।
यसअघि खत्रीलाई खोज्न अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो । खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको थियो ।
प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।