पाल्पाको सवारी दुर्घटना : समसानघाटमा जे देखियो (बस दुर्घटना अपडेट)
गुगलपाटी संवाददाता पाल्पाशुक्रबार भएको सवारी दुर्घटनामा एकै स्थानका धेरै प्रतिष्ठितको ज्यान गएपछि हिजोको दिनलाई तानसेनवासीले कालो दिनको रुपमा लिएका छन् ।
हुनत पाल्पा जिल्ला सदरमुकाम तानसेनका वजार तथा पसल,उद्योग कलकारखा,व्यवसाय प्रत्येक शनिवार वन्द गरिन्छन् । केही वर्ष पहिलेदेखि पाल्पा उद्योग वाणिज्य संघको आव्हानमा यस्तो प्रचलन गरिदै आएको छ तर शनिवारको वन्दले धेरै मानिसहरु पसल वन्द गरी व्यक्तिगत काम र पारिवारिक खुशीमा रमाउनु भन्दा पनि शोकमग्न भएर जीन्दगीको नमिठो पल सम्झेर विताए । शुक्रबार पाल्पामा भएको बस दुर्धटनामा १४ जनाले ज्यान गुमाएकोमा शनिवार पनि तानसेन वजार शोक मग्न बनेको छ ।
तानसेनका हरेक चोक र घर घरमा भेला भई भाव विह्वल हुदै दुःखद घटनाको स्मरण गरिरहेका छन । शुक्रबार देखी नै दुर्घटनामा परेका मृतक तथा घाईतेको घरघरमा आफन्त तथा शुभचिन्तकहरु सान्त्वना दिन पुगेका छन् ।
एउटै सहकारीकाका अध्यक्ष सहित पदाधिकारी, शेयर सदस्य र कर्मचारीको मृत्युले सहकारी क्षेत्र पनि शोकमग्न भएको छ । दुर्घटनामा परी ज्यान गुमाएका मृतकको सवयात्रा गरिएको थियो । तानसेनवासीहरु कसको सवयात्रामा सहभागी हुने भनी अलमलमा परेका थिए ।
मृतक मध्ये विष्णुमान बज्राचार्य लक्ष्मी बचत सहकारीका अध्यक्ष हुन भने कृष्ण बहादुर बोहोरा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख हुन् । दुर्घटनामा परेका कति पयको शुक्रबार नै र कतिपयको शनिवार राम्दीघाटमा सामुहिक दाहसंस्कार गरिएको छ ।
मृतकहरु पाल्पा जिल्ला सदरमुकाम तानसेनका प्राय सवै टोलका परेका छन । वर्तुङ्ग देखि लिएर वसपार्क, सिल्खानटोल, वडिज्ञान, सितलपाटी टक्सार देखि लिएर वसन्तपुर र कैलाशनगर टोलसम्मका व्यक्तिहरु दुर्घटनामा परेपछि सवै टोलमा रुवावासी र पिडा देखिएको हो ।पाल्पा उधोग वाणिज्य संघले दुृःखद घटनामा परी निधन भएकाको शोक मनाउन भोली (आईतवा) उधोग व्यबसाय तथा कलकालखाना बन्द गर्ने निर्णय गरेको छ ।
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गरी संघका कानूनी सल्लाहकार लोकप्रसाद ढकाल,एशोसियट कार्य समिती सदस्य विष्णुमान वज्राचार्य,पूर्व कोषाध्यक्ष क्षेत्रमान शाक्य, पूर्व कार्यसमिती सदस्य देवेन्द्रलाल प्रधान,शुशील प्रसाद श्रेष्ठ,कृष्णमान वज्राचार्य तथा साधारण सदस्यहरु दुर्गादेवी श्रेष्ठ र सचिन वजा्रचार्यको साथै डिभिजन सहकारीका प्रमुख कृष्ण वहादुर वोहोरा,गीता वुढाथोकी,वसन्ती खाँड, मुना सारु, कमला कार्की र दुर्गा वहादुर सारुको निधनले संघ लगायत जिल्लालाई नै शाकाकूल वनाएको उल्लेख गर्दै उद्योगी, व्यापारी व्यवसायी समाजसेवी एवम् तानसेनका अग्रणी व्यतिmत्व गुमाउनुपर्दा मर्माहत भएको उल्लेख गर्दै स्वर्गीय आत्माको चीर शान्ति र मृतकको परिवारमा समवेदना प्रकट गर्नु भएको छ । त्यस्तै घाइतेको स्वास्थ्य लाभको कामना पनि विज्ञप्तिमा गरिएको छ ।