जाली फटाहा,प्रतिक्रियावादीलाई झुक्याएर ड्याम्मै पार्टी एकता : प्रचण्ड
गुगलपाटी संवाददाता पोखरानेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले देशभित्रका जाली फटाहा र विदेशी प्रतिक्रियावादीलाई झुक्याएर ड्याम्मै पार्टी एकता गर्नुपरेको बताएका छन् । पार्टी एकता हुन लाग्दा भाँड्ने चलखेल भएकाले हुँदैन जस्तो वातावरण बनाएर जाली फटाहालाई झुक्याइएको प्रचण्डले बताए ।
शनिबार आफ्नो जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले अध्यक्ष केपी शर्मा ओली र आफूले सल्लाह गरेरै पार्टी एकतामा बेला बेला दरार देखाएको बताए । सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको उनले बताए ।
जेठ २ गते विहान कमरेड केपी ओली र म बालुवाटारमा भेट भइसकेपछि अब ढिलो नगर्ने कुरा भयो । ओली कमरेडले ७ गते अघिनै गरौं भन्नुभयो । मैले भोलि मदन आश्रति स्मृति दिवसकैदिन गरौं भन्ने प्रस्ताव राखेँ, त्यही दिन भयो ।प्रचण्डले पार्टी एकता सामान्य घटना भएको भन्दै यसले विश्वलाई नयाँ सन्देश दिएको बताए । उनले नेकपाका कार्यकर्तालाई गुटबन्दी गर्ने छुट नरहेको समेत प्रष्ट पारे ।