मकवानपुरमा जबरजस्ती करणीका घटना बढ्दै, १० महिनामा २७ मुद्दा
हेटौंडा, २० जेठ/ हेटौंडामकवानपुरमा पछिल्लो समय जबरजस्ती करणीको घटना बढ्दै गएको तथ्याङ्कलले देखाएको छ । पछिल्लो चार वर्षको तथ्याङ्कलाई केलाउँदा बलात्कारको घटनामा वृद्धि भएको देखिएको हो । चालु आर्थिक वर्षको १० महिनामा मात्र जिल्ला सरकारी वकिलको कार्यालयमा २७ वटा मुद्दा दर्ता भएको बताइएको छ । त्यसैगरी गतवर्षको १७ वटा मुद्दा बाँकी रहेको कार्यालयले जनाएको छ । आजको समृद्ध समाज दैनिकमा समाचार छ ।
अदालतमा ४४ वटा करणीका मुद्दामध्ये २१ व्टा मुद्दा फछ्र्यौट भएको जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका नायबसुब्बा दयानिधि तिवारीले जानकारी दिए । चालु आर्थिक वर्ष २०७४/७५ को वैशाख मसान्तसम्म जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरमा जबरजस्ती करणीका २० वटा मुद्दा मुद्दा दर्ता भएको र जसमा २१ ज्ना प्रतिवादी रहेको जनाइएको छ । दर्ता भएका मुद्दा मध्ये ६ वटा मुद्दा जबरजस्ती करणी उद्योगका छन् ।