राजधानीको बिषयमा चिन्ता नलिनुस् ,निजी क्षेत्रको सहयोगमा कपडा उधोग चलाइन्छ : प्रम ओली

गुगलपाटी संवाददाता हेटौंडा
२१ जेष्ठ २०७५ ०८:१७

प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको कपडा कारखाना निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने बताएका छन् ।

प्रदेशसभा ३ को बैठकलाई सोमबार संबोधन गर्दै उनले नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका हुन् । ‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भने ‘यसमा प्राइभेट सेक्टर (निजी क्षेत्र) पनि ल्याइन्छ ।’जुत्ता उधोग र कपडा उधोग सिध्याएर पर निर्भर हुनु परेको बताए ।
सभालाई संबोधन गर्दै उनले प्रदेश नम्बर ३ को राजधानीको बिषयमा धेरै चिन्ता नगर्न बताए । उनले हेटौंडा भन्दा बाहिर राजधानी भएपनि जनतालाई जान आउन सहज बनाइने भएकाले राजधानी र नाउँ ठूलो कुरा नभएको बताए ।