कामना सेवाको ४९ औं शाखा हेटौडामा
गुगलपाटी संवाददाता हेटौंडा,२१ जेठ
कामना सेवा विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ४, पारिजात रोडमा सोमबारदेखि बैंकको ४९औं शाखा कार्यालय समुदघाटन गरि कारोबार शुभारम्भ गरेको छ ।
शुभारम्भ समारोहको अध्यक्षता बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि उधोग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृण्ण कटुवाल हुनुहुन्थ्यो ।
गत बैशाख महिनामा मात्रै ६ स्थानमा शाखा कार्यालय विस्तार गरिसकेको बैंकले यसै महिनामा थप ४ नयां शाखाबाट सेवा प्रदान गर्ने जनाएको छ । कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन ३०० भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको र करिब २ करोड निक्षेप संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले जनाउनु भएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी कृष्ण घिमिरे र हेटौडा उपमहानगर पालिका वडा नं. ४ का अध्यक्ष नविन सिग्देलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यले बैंक र ब्यवशायी एक अर्काका परिपुरक हुन भन्ने कुरालाई बैंकले भित्रै देखि मनन् गरेको र बैंकले उधोगी, ब्यवशायी, कृषक वा उद्यमशिलता भएका ब्यक्तिहरुसंग सहकार्य गर्न यस हेटौडामा बैंकको शाखा कार्यालय लिएर उपस्थित भएका बताउनुभएको थियो । कार्यक्रमको संचालन बैंकका सहायक प्रवन्धक टुवराज बास्तोलाले गर्नुभएको थियो ।