बिहानै भूकम्पको धक्का

गुगलपाटी संवाददाता कैलाली
२२ जेष्ठ २०७५ ०२:४५

सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।