मुल्य बृद्धिको नेबिसंघद्वारा बिरोध
गुगलपाटी संवाददाता हेटौंडा, २२ जेठनेपाल विद्यार्थी संघ मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूल्यबृद्धिको बिरोधमा मंगलबार ज्ञापन पत्र बुझाएको छ ।
नेविसंघ जिल्ला कार्यसमितिको टोलीले खाने तेल, चामल, चिनी, पेट्रोलियम पदार्थमा तरकारीको जस्तो बारम्बार मूल्यबृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन ज्ञापनपत्र बुझाएको हो । नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडासहित जिल्ला समितिका सदस्यहरुले प्रशासन कार्यालयबाट प्रमूख जिल्ला अधिकारी चक्रबहादुर बुढामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको नियमित मूल््यबृद्धि अभिलम्ब खारेज नगरिए बजारमा एकमहिनामा ४५ प्रतिशतसम्म मूल्यबृद्धि देखिएकोले तत्काल खारेज गर्न माग गरिएको छ ।